शीर्ष नेताहरुको सम्पत्ति छानबिन सुरू

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरू सहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन प्रक्रिया सुरु गरेको छ।

स्रोतका अनुसार, उच्च पदमा पुगेका नेता तथा कर्मचारीहरूले आर्जन गरेको अकुत सम्पत्तिको खोजबिन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। यो अनुसन्धान ‘सम्पत्ति शुद्धीकरण’ शीर्षकअन्तर्गत अगाडि बढाइएको बताइएको छ।

आइतबारबाटै उक्त प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको स्रोतले जनाएको छ। “पूर्वप्रधानमन्त्रीहरू, तिनका परिवार तथा अन्य उच्च पदस्थ व्यक्तिहरू सबैको सम्पत्ति छानबिन भइरहेको छ,” स्रोतले बताएको छ।

सरकारले यस छानबिन प्रक्रियामा कसैलाई पनि पक्षपात नगरी निष्पक्ष रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले छानबिन कार्य अघि बढाएको हो।