लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौं लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

सांसद शर्माका श्रीमान् चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान् चिन्तामणिले जानकारी दिए । उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।