काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७ सय र चाँदी रु १ सय ४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९० हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८ सय ४५ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८३ हजार ५ सय र त्यति नै परिमाणको चाँदी रु ४ हजार ७ सय मा कारोबार भएको थियो ।
गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ७ सय २० कायम भएको थियो ।
































