काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८३.३३ अकंले बढेर २७६०.०२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड ५१ लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९२ करोडको कोरोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ३.१८ प्रतिशत, विकास बैंक समूहको ३.६३ प्रतिशत, फाइनान्स समूहको ४.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सोमबार २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ ।




































