राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले दोस्रो पटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले सरकारले अघिल्लो साता सिफारिस गरेको सोही अध्यादेश सरकारलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः पठाएको थियो ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणीकरण गर्न पठाएको यो अध्यादेश २०८२ असार २५ गते राष्ट्रपति पौडेलले फिर्ता गरेका थिए ।

यस्तै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमाणीकरणको पठाएको अध्यादेश २०८२ मङ्सिर २ गते पौडेलले फिर्ता गरिदिए ।