दिल्लीमा रविको हाइप्रोफाइल राजनीतिक भेटघाट

काठमाडौं । सत्तारुण रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । सोमबार भारत पुगेका उनले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता तीव्र पारेका छन् । उनलाई भारतमा त्यहाँको सत्ताधारी दलले ठूलो स्वागत र भव्य सम्मान दिएको छ ।

उनले लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । समाचार संस्था एशियन न्यूज इन्टरनेशनलका अनुसार उच्चस्तरीय सो भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए । रवि–जयशंकर भेटमा भारतीय विदेश सचिव विक्रम मिश्री पनि सँगै थिए । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट अनिश्चित भएपछि मिश्रीले नेपाल भ्रमण स्थगित गरेका थिए । अहिले सत्तारुढ पार्टी रास्वपाका सभापति लामिछानेसँग विदेशमन्त्री जयशंकरसँगै मिश्रीको भेट भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले प्रतिक्रिया दिँदै भनेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्ता फलदायी रह्यो ।’ वर्ता विकास र दुई देशबीचको जनता–जनताबीचको सम्बन्ध केन्द्रित रहेको उनले जनाए । पाँच दिने भारत भ्रमणको क्रममा दिल्लीमा रहेका लामिछानेले मंगलबार बिहान भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल थियो । भाजपा मुख्यालयमा उनीहरूबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ । भारत भ्रमणमा रहनु भएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नवीनलगायत वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो ।

प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत–नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए । उनले यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउनुका साथै भाजपा र रास्वपाबीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने बताएको भाजपाले जनाएको छ । अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, सङ्गठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे जानकारी गराएका थिए ।

भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्ताको पहिचान र उनीहरूसँग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे विशेष चासो व्यक्त गरेको थियो । यसका साथै अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेलबारे पनि चर्चा गर्दै विकास, सेवा, सुशासन तथा कल्याणकारी सेवा प्रवाह भाजपा सरकारको शासन प्रणाली र जनसम्पर्क रणनीतिको केन्द्रमा रहेको उल्लेख गरेका थिए । उक्त भेटवार्तामा अध्यक्ष नवीनसँगै भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवाले पनि सहभागी थिए ।

भेटमा लामिछानेले बीजेपीको संगठन तथा पार्टी सञ्चालनबारे मुख्य चासो राखेका थिए । भाजपा अध्यक्ष नीतिन नवीनले पार्टीको राजनीतिक यात्रा, विचारधारा, संगठन संरचना र राजनीतिक संलग्नताबारे रास्वपा प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए । नवीनसँगको बैठकको प्रसंग उल्लेख गर्दै डा.चौथाईवालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय तहदेखि बुथ तहसम्मको पार्टीको संगठनात्मक मोडेलबारे प्रस्ट पार्दै बीजेपी अध्यक्षले तल्ला तहका जनतासँग प्रत्यक्ष र निरन्तर सम्पर्क गरिरहँदाको महत्वबारे जानकारी गराउनुभयो ।’ अन्तरक्रियामा बीजेपी नेताहरूसँग लामिछानेले भाजापाले कसरी उम्मेदवार चयन गर्छ, सदस्यता वितरण प्रक्रिया र तल्लो तहका कार्यकर्तासँग जोडिने संयन्त्रबारे चासो राखेको विज्ञप्तिमा उल्लेख छ । अन्तरक्रिया क्रममा रास्वपा प्रतिनिधिमण्डललाई बीजीपेले नरेन्द्र मोदीको नेतृत्वको विकासमुखी शासकीय मोडलबारे पनि जानकारी गराएको थियो। रविको प्रतिनिधिमण्डलले लोकतन्त्रमा जेनजी पुस्ताको भूमिका र भावी नेतृत्व निर्माणमा उनीहरुको सहभागिताबारे चर्चा गरेको थियो ।

भेटवार्तामा बीजेपी अध्यक्ष नीतिन नवीनसँगै भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह, सांसद सञ्जय जैसवाल, सांसद सुश्री बाँसुरी स्वराज र भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले सहभागी थिए। नेपाली नेताहरूले पार्टी मुख्यालयस्थित भाजपा मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको बीजेपीले जनाएको छ। अन्तरक्रियामा दिल्लीका मुख्यमन्त्री श्रीमती रेखा गुप्ता तथा मनोज तिवारी, प्रवीण खण्डेलवाल, सुश्री बाँसुरी स्वराज, हर्ष मल्होत्रा र रामवीर सिंह बिधुडी सहभागी थिए।

भेटवार्तापछि रास्वपा प्रतिनिधिमण्डलको सम्मानमा बीजेपीले दिवाभोजको को आयोजना गरेको थियो । रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर तथा केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले जारी गरेको विज्ञप्तिअनुसार भेटवार्तापछि आयोजित दिवाभोज कार्यक्रममा दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालगायत नेताहरू सहभागी थिए ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव अभिनाश आचार्य थिए ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।