काठमाडौँ । अध्ययन र भ्रमणको लागि अष्ट्रेलिया जाने तयारी गरिरहेका नेपालीका लागि भिषा शुल्क महँगो भएको छ ।
उतै अध्ययन सकेर अष्ट्रेलियामै काम वा बसोबास गर्ने योजना बनाइरहेका विद्यार्थीका लागि पनि थप लागत पर्ने भएको छ । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले भिषा आवेदन शुल्क पुर्नसंरचना गर्दै विद्यार्थी, भ्रमण, पार्टनर, अभिभावक सहित अधिकांश शीर्षकका भिषा आवेदन शुल्क वृद्धि गरेको हो ।
नयाँ व्यवस्थापछि अहिले जस्तो नेपाली विद्यार्थीको प्रथम रोजाइ अष्ट्रेलिया नहुन पनि सक्छ। नयाँ व्यवस्थापछि अहिले जस्तो नेपाली विद्यार्थीको प्रथम रोजाइ अष्ट्रेलिया नहुन पनि सक्छ। एबीसी न्यूजका अनुसार यो शुल्क वृद्धि सन् २०२६–२०२७ को बजेट योजना अन्तर्गत अध्यागमन नियमहरु संशोधन गर्दै कार्यान्वयनमा आएको हो । भिषा आवेदन शुल्कमा २५ प्रतिशतसम्म वृद्धि गरिएको छ । अध्ययन भिषा शुल्क २ हजार अष्ट्रेलियन डलरबाट २ हजार ५ सय पुर्याइएको छ । अस्थायी स्नातक भिषा आवेदन शुल्क ४ हजार ६ सय डलरबाट बढाएर ५ हजार ७ सय ५० डलर पुर्याएको छ । बढेको भिषा शुल्क जुलाई १ अर्थात् बुधबारदेखि लागू भएको हो ।
तुलनात्मक रुपमा अष्ट्रेलियाको भिषा तथा विश्वविद्यालय शुल्क सस्तो होइन । अष्ट्रेलियाले फरक–फरक किसिमका भिषामा गरिएको यो वृद्धिले अष्ट्रेलिया जान चाहने, अध्ययन गरिरहेका, बस्ने र काम गर्ने सोच बनाएका वा छोराछोरी भेट्न जाने नेपालीलाई असर पर्नेछ । धेरै जति नेपाली विद्यार्थीले अध्ययन र त्यसपछि काम गर्दै अष्ट्रेलियामै सेटल हुने लक्ष्य राख्छन् ।
धेरै जति नेपाली विद्यार्थीले अध्ययन र त्यसपछि काम गर्दै अष्ट्रेलियामै सेटल हुने लक्ष्य राख्छन् । आवेदन गर्नें सबैले अष्ट्रेलियाको भिषा पाउँछन् भन्ने निश्चित छैन । ’आएल्स’ वा ’पीटीई’ तयारी कक्षा र परीक्षाका लागि पहिलै ठूलो रकम खर्च भइसकेको हुन्छ। भिषा नपाए पनि भिषा आवेदन गर्दाको पैसा विद्यार्थीले फिर्ता पाउँदैनन्। अब पहिलेको तुलनामा नेपालीले ठूलो रकम गुमाउने जोखिम बढेको छ। अब एक जना नेपाली विद्यार्थीले अष्ट्रेलियाको अध्ययन भिषा आवेदन गर्दा २ हजार ५ सय अष्ट्रेलियन डलर तिर्नुपर्छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार यो भनेको ३ लाख ८२ हजार रुपैयाँ हो । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर रहेकाले यो रकम थप बढ्न पनि सक्छ ।
अष्ट्रेलियामा पढाई सकेर उतै काम गर्ने सोच बनाइरहेका नेपाली विद्यार्थीका लागि अहिलेको यो निर्णयले असर पार्नेछ। पढाई पूरा गरेर ’इन्टर्नसीप’ गर्ने अवधिका लागि अष्ट्रेलियाले अस्थायी स्नातक भिषा (सबक्लास–४८५) प्रदान गर्छ। यो भिषा आवेदन शुल्क पनि २५ प्रतिशत बृद्धि गरिएको छ ।
यो शीर्षकको भिषा शुल्क चार महिनामा दोस्रो पटक वृद्धि गरिएको हो । कतिपय नेपाली विद्यार्थी पहिला अंग्रेजी भाषा पढ्ने र पछि अन्य व्यवसायिक कोर्समा सर्ने उद्देश्यले पनि अष्ट्रेलिया जाने गरेका छन् । यो संख्या धेरै नभए पनि अब इंग्लिस ल्यांग्वेज इन्टेन्सिभ कोर्स फर ओभरसिज स्टुडेन्ट (एलिप्स) पढ्नेहरुले छुट्टै भिषा आवेदन गर्नुपर्नेछ। यसका लागि छुट्टै २ हजार ५० अष्ट्रेलियन डलर तिर्नुपर्नेछ । अष्ट्रेलिया पुगेका धेरै नेपाली विद्यार्थी नयाँ परिवेशमा एकै पटक अध्ययन, काम, एक्लोपन र तनाव सामना गर्न नसक्दा मानसिक रोगबाट पीडित भइरहेछन्। नयाँ परिवर्तनले अब यो दवाब भिषा आवेदन गर्दाको समयदेखि नै सुरु हुनेछ । विद्यार्थीलाई अत्यधिक मानसिक तनाब र चिन्तामा धकेल्नेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



































