सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार र राहतमा साथ दिइरहेका र सरकार मिलेर काम गरिरहेको बताए । उनले अन्तरराष्ट्रिय निकायसँगै राज्यका सबै सरकारको साथमा उभिन आग्रह गरे ।
राज्यका स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व सरकारसँग भएकाले यसमा सरकार अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तो अवस्थामा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई पनि सँगै परिचालन गर्नुपर्ने बताए । सुरुङमा अहिले पनि जिवित व्यक्ति हुनसक्ने उल्लेख गर्दै नेता शाही विज्ञ र जानकारी भएका व्यक्तिको सहयोग लिएर खोजी तथा उद्धारको जुट्न सुझाव दिए ।