संयुक्त राष्ट्रसघं । संयुक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटेरेसले कृतिम बौद्धिकता (एआइ)को नियमन गर्न समन्वित विश्वव्यापी प्रयासको आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा गुटेरेसले भने “हामीलाई एआइको सुरक्षित र जिम्मेवार विकासलाई कसरी अगाडि बढाउने भन्ने बारे साझा समझदारी चाहिन्छ, बढ्दो शक्तिशाली प्रणालीलाई बलियो सुरक्षित र सम्भावित जोखिम व्यवस्थापन गर्न वास्तविक अन्तर्राष्ट्रिय सहयोग र समन्वित विश्वव्यापी प्रयास आवश्यक छ ।” यसैबिच उनले विश्वले भू–राजनीतिक विभाजनको बिचमा एआई सुरक्षाको दौडमा अपेक्षित उपलब्धि गर्न नुक्ने चेतावनी पनि दिएका छन् ।
“हामीलाई विश्वास निर्माण गर्न र मानवीय मर्यादाका साथ एआइलाई सुरक्षित, पारदर्शी, जवाफदेही बनाउनका लागि आवाश्यक मार्ग दर्शन चाहिन्छ यस्तो समयमा विश्वले ३ वटा अस्तित्वगत खतराको सामना गरिरहेको छ । जसमा एआइको प्रभाव, जलवायु सङ्कट र असमानता लगायतका मुख्य विषयमा समझदारी कायम गर्न अन्तर्राष्ट्रिय सहयोग पहिलेभन्दा बढी आवश्यक छ,” उनले भने । एआईसँग दिगो विकासलाई गति दिन, सिकाइ बढाउन, स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न, जलवायु सङ्कट घटाउन र अन्य धेरैका लागि विशाल सम्भावना रहेको जनाइएको छ ।
यद्यपी यसको असुरक्षित प्रयोग गर्नेको बढ्दो सङख्याले जोखिम बढाएको चेतावनी दिइएको छ । विकास जोखिमबारे मानविय बुझाइभन्दा अगाडि दौडिरहेकाले आवाश्यक नियमन र व्यवस्थापनको आह्वान गरिएको जनाइएको छ । यस्तो अवस्थामा एआईको विकासको अग्रपङ्क्तिमा रहेका मानिसले उठाएका चिन्तालाई बेवास्ता गर्न नसकिने गटेरेसले जनाएका छन् । सबै राष्ट्रले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, एआई खतरासहित आफ्ना नागरिकको सुरक्षा गर्नु कुनै पनि सरकारको पहिलो जिम्मेवारी यसको लागि विश्वव्यापी समन्वय अपरिहार्य छ, उनले बताए । पृथक, अप्रमाणित र असमानरूपमा लागू गरिएका स्वैच्छिक उपायले यस्ता जटिल समस्यालाई सम्बोधन नगर्ने गुटेरेसले चेतावनी दिए ।


































