गोदरेज एप्लायन्सेसको दसैँ–तिहार अफर, २८ हजार ५०० सम्म क्यासब्याक

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदरेज एप्लायन्सेसले ‘मनैदेखि विशेष’ नामक उत्सव योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत गोदरेजका विभिन्न घरायसी उपकरण खरिद गर्ने ग्राहकले उपहार, नगद फिर्ता तथा विभिन्न सहुलियत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्ने ग्राहकले ६ केजी सर्फ एक्सेल, टप लोड वासिङ मेसिनमा ४ केजी तथा ट्विन टब वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल निःशुल्क प्राप्त गर्नेछन्।

त्यस्तै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसनको सुविधा उपलब्ध गराइएको छ। ग्राहकले उत्पादनअनुसार रु. २८ हजार ५०० सम्म क्यासब्याक, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा एक्सचेन्ज सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।

गोदरेजका फ्रन्ट लोड वासिङ मेसिनमा चार वर्षको कम्प्रिहेन्सिभ वारेन्टीको व्यवस्था गरिएको छ । कम्पनीका अनुसार अफरले चाडपर्वको समयमा घरायसी उपकरण खरिद गर्ने ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ।

गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोदरेज एन्ड बोइसको घरायसी उपकरण व्यवसाय सन् १९५८ देखि घरायसी उपकरण उत्पादनमा सक्रिय रहेको कम्पनीले जनाएको छ । ‘सोचविचारपूर्वक निर्माण गरिएका सामग्री’ भन्ने अवधारणाअनुसार नवीन प्रविधि र उपयोगी डिजाइनमा आधारित उपकरण बजारमा ल्याउँदै आएको कम्पनीको भनाइ छ ।

नेपालमा गोदरेजका उत्पादन चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले उपलब्ध गराउँदै आएको छ । नेपालभर रहेका आधिकारिक बिक्रेता, प्रदर्शनी कक्ष तथा सीजी डिजिटल माध्यमबाट उत्पादन खरिद गर्न सकिने जनाइएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा गोदरेजका भिसी कुलर, फ्रिज, बाकस आकारको फ्रिजर, धुने मेसिन, विद्युतीय तरङ्गबाट खाना तताउने ओभन तथा वातानुकूलित यन्त्रलगायतका उत्पादन उपलब्ध छन् । ‘मनैदेखि विशेष’ उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।