लुब्रिकेन्ट प्रयोगबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले देशका विभिन्न शहरमा ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले अटोमोबाइल व्यवसायी तथा प्राविधिकसँगको सम्बन्ध विस्तारसँगै लुब्रिकेन्टको सही प्रयोगबारे प्राविधिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममा ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेजका मेकानिक सहभागी भएका छन् । कम्पनीका अनुसार बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २०० भन्दा बढी सहभागी भएका थिए ।

कार्यक्रमलाई उत्पादन प्रवद्र्धनमा मात्र सीमित नगरी अटोमोटिभ क्षेत्रका व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ । सहभागीबीच लुब्रिकेन्टको प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था र ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा टोटल इनर्जिजका विभिन्न लुब्रिकेन्ट तथा तिनको उचित प्रयोगबारे प्राविधिक जानकारी दिइएको थियो । सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालनको अवस्था तथा निर्माता कम्पनीको सिफारिसअनुसार लुब्रिकेन्टको सही भिस्कोसिटी र ग्रेड छनोट गर्नुपर्नेमा सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोग गर्दा आफूले हासिल गरेका व्यावहारिक अनुभव तथा ग्राहकबाट प्राप्त प्रतिक्रियासमेत साझा गरेका थिए । यसबाट लुब्रिकेन्ट प्रयोगसँग सम्बन्धित व्यवहारिक पक्षबारे छलफल गर्न सहज भएको कम्पनीको भनाइ छ ।

लक्ष्मी ल्युब आयलले ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदानका लागि ‘ग्यारेज चौतारी’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार यस्ता कार्यक्रमले अटोमोटिभ क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

पाँच शहरमा कार्यक्रम सम्पन्न गरेपछि लक्ष्मी ल्युब आयलले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा समेत ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको छ । कम्पनीले कार्यक्रममार्फत लुब्रिकेन्टको सही प्रयोग र प्राविधिक जानकारीलाई थप विस्तार गर्ने जनाएको छ ।