गोरखाको ठाडो भर्‍याङमा भीषण सुक्खा पहिरो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ ।

पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।उनका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले तत्काल कुनै जोखिम छैन । पहिरोका कारण बूढीगण्डकी नदी थुनिने खतरा पनि नरहेको उनले स्पष्ट पारे ।‘बूढीगण्डकीमा केही छिटपुट मात्रै आइपुगेको छ । नदी थुनिने अवस्था अहिले छैन । पछि आयो भने बेग्लै कुरा हो । पहिरो खसेको ठाउँ फराकिलो र पाखा भएकाले त्यस्तो खतरा छैन,’ अध्यक्ष गुरुङले भने ।जिल्ला प्रहरी कार्यालय गोरखाले पनि उक्त स्थानमा सुक्खा पहिरो खसेको बताए ।

गोरखाका एसपी अनिलकुमार खड्काले अनलाइनखबरसँग भने, ‘धार्चे गाउँपालिका १ को ठाडो भर्‍याङमा धुलोसहितको ठूलो पहिरो खसेको हो । पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । पहिरो खसेको ठाउँमा प्रहरीको टोली जाँदै गरेको उनले बताए ।