प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा बुधबार बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपियाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० रुपियाँ मौज्दात रहेको छ । त्यस्तै, हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेका अमेरिकी डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर मौज्दात रहेको छ ।