नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३८ अङ्कले घटेर दुई हजार ६२१ दशमलव २९ विन्दुमा कायम भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर ४७७ दशमलव ०१ विन्दुमा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८२ दशमलव ३७ विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ०७ अङ्कले बढेर १६२ विन्दुमा पुगेको छ । आज विभिन्न कम्पनीका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपियाँमा खरिदबिक्री भएका छन् ।

तेह्र उपसमूहमध्ये दुई उपसमूहको सूचक बढेको छ भने ११ उपसमूहको सूचक घटेको छ । आज ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ । त्यसैगरी, नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज डोल्टी पावर, भूगोल इनर्जी कम्पनी र मनकामना इन्जिनियरिङलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, मुक्तिनाथ म्युचुअल फण्ड, पाल्पा इन्डस्ट्रिज र स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।