श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे भोलि काठमाडौं आउँदै

काठमाडौं । निजी भ्रमणका लागि श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउने भएका छन् । भोलि (शनिबार) श्रीमतीसहित काठमाडौं ओर्लने उनी १७ गतेसम्म नेपालमा बस्ने छन् ।

नेपालमा हुने भेटघाट र भ्रमण कार्यतालिकाबारे कुनै जानकारी सार्वजनिक नभए पनि लुम्बिनीसहित बौद्ध स्तुपाहरूको भ्रमण गर्ने कार्यतालिका रहेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् ।