काठमाडौं । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गएको शनिवार पोखरामा आयोजित कार्यक्रममा बेलुन पड्किँदा मेयर आचार्य र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए। घाइते दुवै जनाको काठमाण्डौमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो ।
अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भइसकेका छन्।




































