काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ। विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध सभा गर्ने राप्रपाले तयारी गरेको हो ।
विभिन्न स्थानबाट निकालिने विरोध र्यालीले आज काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्थ हुने पक्का छ ।
एकातर्फ देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका छन् भने आज हुने राप्रपाको आन्दोलनले ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ । ट्राफिक महाशाखाले सूचना जारी गर्दै आज प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानबारे जानकारी गराएको छ ।





































