ब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई नेपाल सुपर लिग (एनएसएल)को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारीले स्वागत गरेका छन्।

काठमाडौंमा जारी तेस्रो संस्करणको एनपीएलको दोस्रो क्वालिफायर हेर्न विशेष अतिथिको रूपमा उनी नेपाल आएका हुन् ।

कार्लोसले बुधबार (भोलि) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।