जै घाँस लगाउने किसानलाई पोखरा महानगरको प्रोत्साहन

गण्डकी ।  पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. अशेषराज विकले जानकारी दिए ।

उनका अनुसार यस वर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ ।

यसअन्तर्गत बीउका लागि पाँच लाख ५९ हजार र खनजोतका लागि छ लाख ७९ हजार विनियोजन गरिएको प्रमुख डा. विकले बताए।