राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई बधाई ज्ञापन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिएका हुन् ।

मलेसियामा आज भएको फाइलन खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।