एजेन्सी । कप्तान लियोनल मेसीको दुई गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ ।
मियामीले आज भएको खेलमा न्यु इङ्ग्ल्यान्ड रिभोल्युसनलाई २-१ गोलले पराजीत गर्यो । न्यु इङ्ग्ल्यान्डका लागि कार्लेस गिलले सान्त्वना गोल गरे ।
२७औं मिनेटमा गोल गर्दै मेसीले मियामीलाई सुरुवाती अग्रता दिलाए। मेस्सीले ३८औं मिनेटमा अर्को गोल गरे।
खेलको ७९औं मिनेटमा गोल गर्दै गिलले न्यु इङ्ग्ल्यान्डलाई खेलमा फर्काउने संकेत गरेपनि थप गोल भएन ।
मियामीले १८ खेलबाट लिगको अंक तालिकामा ३५ अंक जोडेको छ। पराजित न्यु इङ्ग्ल्यान्डको २४ अंक छ ।




































