प्रधानमन्त्री इलाममा, अव्यवस्थित बसोवासीलाई जग्गा धनी पुर्जा वितरण

माई नगर अस्पतालको उद्घाटन

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको आज उद्घाटन गरेका छन् ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोवासीलाई जग्गा धनी पुर्जा वितरण गरे भने बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोवासीलाई जग्गा धनी पुर्जा वितरण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयवासीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।