रायो सागमा भेटिए अत्यधिक मात्रामा विषादी

काठमाडौं । कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा पुन: अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

दोलखाबाट बिक्रीका लागि कालीमाटी ल्याइएको रायो सागमा बुधबार ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यसअघि २४ असारमा पनि भक्तपुरबाट बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार तरकारी तथा फलफूल परीक्षण गर्दा बजारका १७ पसलको १७ थरी तरकारीमा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।