लगातार बढेको सेयर आज दोहोरो अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.८७ अकंले घटेरर २९४९ बिन्दुमा कायम भएको छ ।

आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन विकास बैंक र फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज विकास बैंक समूहको ३.३४ प्रतिशत र फाइनान्स समूहको २.८७ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, अन्य ९ उपसूचक समेत राताम्य छन् ।

बुधबार २३ कम्पनीकको शेयर मूल्य मात्रै बढेको छ भने २२६ कम्पनीको घटेको छ ।