काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चरम सीमामा प्रकट भएको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठ विरोधी पक्षधरको राष्ट्रिय भेलाले उनलाई पदमुक्त गरेको छ । साथै, श्रेष्ठलाई पदमुक्त गरेको सो भेलाले संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्षमा चयन गरेको छ ।
हिजो मात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको भोलिपल्ट यो निर्णय भएको हो ।




































