गृहले गर्‍यो काठमाडौंसहित १२ जिल्लाका सिडिओको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ ।

गृहले आज (बुधबार) सचिवस्तरीय निर्णयबाट १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

गृहले छविलाल रिजाललाई काठमाडौंको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । मन्त्रालयको निर्णयअनुसार हालका प्रमुख जिल्ला अधिकारी ऋषिरम तिवारीलाई गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा गरिएको छ ।

उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा लगायत १२ जिल्लाका सिडिओहरूको सरुवा भएको छ ।

उनीहरूलाई गृह मन्त्रालय वा सो अन्तर्गतका नियकाहरूमा पदस्थापन गरिएको छ ।

को कहाँ ?