काठमाडौं । जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी प्रदर्शनमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा ९ जनाको मृत्यु भएको हो ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
उक्त प्रदर्शनमा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । सोमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेको थियो ।
































