राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उनको राजीनामा स्वीकृत गरेका हुन् ।

नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।