राष्ट्रपति भवन शीतल निवासमा पनि तोडफोड र आगजनी

काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा पनि तोडफोड र आगजनी गरेका छन् ।

जेनजी आन्दोलनकारीले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी गरेका हुन् ।

जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् ।