सिआइबीको प्रमुखमा एआइजी केसी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई सरुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी केसीलाई सिआइबीको कमान दिने निर्णय गरेको हो ।

केसी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान थालेर पर्दाफास गरेका मुख्य अधिकारीका हुन् । त्यो बेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए ।