सरकारले विद्युत प्राधिकरणबाट हितेन्द्रलाई हटायो, सिलवाल बने नयाँ कार्यकारी निर्देशक

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट हटाएको हो । जल तथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरेर सरुवा गरेको हो ।

शाक्यलाई प्राधिकरणबाट सरुवा गरेपछि रिक्त कार्यकारी निर्देशकमा प्राधिकरणकै पूर्वउप कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।