काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । सोमबार सुन तोलामा दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।




































