बाढी पहिरोमा परेर ५२ जनाको निधन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२ जनाको निधन भएको जानकारी गराएको हो ।

काठमाडौं । असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको निधन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२ जनाको निधन भएको जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले पहिरोमा परेर इलाममा ३९ जना र पाँचथरमा १ जना र काभ्रेमा १ जनाको निधन भएको जानकारी दिए।यसैगरी उदयपुरमा २ जना,धनुषामा २, इलाम,पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा १र१ जनाको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर समेत रौतहटमा २ जनाको निधन भएको बताए । उनले रसुवामा चार जना र इलाममा १ जना बेपत्ता रहेको बताए । उनले बाढी पहिरोका कारण ४७ जान घाइते रहेको पनि जानकारी दिए ।