काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।
अहिले नेता, कार्यकर्ता र प्रतिनिधिहरू आफ्नो आफ्नो उम्मेदवारलाई भोट माग्न व्यस्त छन् । जसमा गायिका ज्योति मगर लगायतका कलाकारहरू पनि उपस्थित छन् ।
एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ ।
पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।




































