काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर १ को खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर १ को खरिददर १०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर १ को खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा, चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम १ को खरिददर ३९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर १ को खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार १ को खरिददर ४७० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६९ पैसा, बहराइन दिनार १ को खरिददर ३८१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४५ पैसा, ओमनी रियाल १ को खरिददर ३७३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




































