सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २ लाख ७६ हजार ५०० त्यति नै चाँदीको मोल रु ५ हजार ४८५ कायम भएको छ ।

बुधबार एक तोला सुन रु २ लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु ५ हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन रु २ लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु ५ हजार ३४० मा कारोबार भएको थियो ।

गत आइतबार प्रतितोला रु २ लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु ४ हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।