तनहुँमा जीप दुर्घटनाबाट एकको मृत्यु, एक जना घाइते

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा जीप दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार वि.कको अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग ३ च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान करिब ८ :४० बजेतिर प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका र उनको उपचार भइरहेको छ । प्रहरीले चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।