काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आज बस्दै छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ८ः३० बजे बस्ने जानकारी दिए ।
बैठकमा कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ र केन्द्रीय अनुशासन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।





































