काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज १ तोला छापावाल सुनको मूल्य ३ १५ हजार ४०० र एक तोलाको चाँदीको ५ हजार ७२५ कायम भएको छ । गत मंगलबार ३ लाख १४ हजार ८०० र १ तोला चाँदीको मोल ५ हजार ७१५ निर्धारण भएको थियो ।
हिजो बुधबार १ तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८०० र १ तोला चाँदीको मोल ५ हजार ५८५ निर्धारण भएको छ । गत सोमबार १ तोला छापावाल सुन ३ लाख १३ हजार ५०० र १ तोला चाँदी ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





































