सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं ।  मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य २ हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १९ हजार कायम भएको छ ।

भने १ तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको छ । हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो ।

सोमबार १ तोला सुन ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु ५ हजार ४१० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।