भोलिदेखि आधा ग्यास मात्रै बेच्ने निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई खाना पकाउने (एलपी) ग्यास आधा सिलिन्डर मात्रै उपलब्ध गराउने भएको छ ।

निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शुक्रबारदेखि आधा सिलिन्डर मात्रै ग्यास बेच्ने निर्णय गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यास आपूर्तिमा समस्या नभए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी परिणाममा ग्यास सिलिन्डर भण्डार गर्न थालेका कारण यसो गर्नुपरेको हो ।