सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ ।

सुन तोलामा २ हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।