सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा ५ हजारले र चाँदी ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७२० कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६७० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।