इस्तानबुलमा टर्कीए र युक्रेनी नेताबिच वार्ता

इस्तानबुल । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सुरक्षा वार्ताका लागि शनिबार इस्तानबुल पुगेका छन् ।

राष्ट्रपति एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि यो भ्रमण भएको हो । नेता पु्‌िटन र एर्दोगानले धेरै युरोपेली देशहरूलाई पनि इन्धन आपूर्ति गर्ने रूस र टर्कीएबिचको ग्यास पाइपलाइनबारे छलफल गरेको बुझिएको छ ।

जेलेन्स्कीले एक्समा भनेका छन्, ‘निर्धारित महत्त्वपूर्ण बैठकहरूमा सहभागिताका लागि इस्तानबुल आइपुगेँ । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ठोस वार्ताको तयारी गरिएको छ ।’

उनले भने, ‘हामी युरोप र मध्यपूर्वमा जनताको जीवनको वास्तविक सुरक्षा सुनिश्चित गर्न, स्थिरता बढाउन र सुरक्षाको ग्यारेन्टी गर्न हाम्रो साझेदारीलाई बलियो बनाउन काम गरिरहेका छौँ ।’

टर्कीएका राष्ट्रपतिले पनि भ्रमणको पुष्टि गर्दै भने, ‘विशेष गरी इस्तानबुल प्रक्रियाको रूपरेखा भित्र बैठक ‘युद्धविराम र युद्धको स्थायी समाधानको प्रयासमा केन्द्रित हुनेछ ।’ एएफपीका एक संवाददाताले बोस्फोरसको किनारमा रहेको भव्य डोल्माबाच प्यालेस वरपर ठूलो सङ्ख्यामा प्रहरीको उपस्थिति देखिएको पुष्टि गरेका छन् । टर्कीएले विगतमा किएभ र मस्कोबीच धेरै चरणको वार्ता पनि आयोजना गरेको थियो ।

जेलेन्स्कीले अधिकांश इसाई अर्थोडक्स चर्चका नेता प्याट्रिआर्क बार्थोलोम्यूलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । यो भेट युक्रेन र रूस दुवै देशमा मनाइने अर्थोडक्स इस्टरभन्दा एक हप्ता अघि हुनेछ । युक्रेन र रूसले यही अप्रिल १२ मा इस्टर मनाउनेछन् ।

किएभले अर्थोडक्स इस्टर बिदाहरूमा ऊर्जा पूर्वाधारमा आक्रमणहरू रोक्ने युद्धविरामको लागि जोड दिइरहेको छ । छोटो युद्धविरामको सट्टा स्थायी समाधान चाहेकोरुसले किएभबाट कुनै पनि ‘औपचारिक’ प्रस्ताव नपाएको बताएको छ ।

युक्रेनले आफ्नो आक्रमणलाई मस्कोको क्षमतालाई आर्थिक सहयोग गर्ने संरचनालाई कमजोर पार्ने प्रयासमा चार वर्षभन्दा बढीको युद्धको अवधिमा रूसी ऊर्जा पूर्वाधारमा प्रहार गरेको छ । युक्रेनी ऊर्जा केन्द्रहरूमा रूसी आक्रमणले सन् २०२२ मा युद्ध सुरु भएदेखि लाखौँ मानिसहरू बिजुली र न्यानोको अभावमा दिन विताउन बाध्य भएका छन् । एएफपी

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।