काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नयाँ स्कुटर सार्वजनिक गरेका हुन् । कार्यक्रममा कन्टेन्ट क्रिएटर तथा मोटो भ्लगरसहित ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । एनटर्क १२५ रेस एक्सपीको नयाँ ब्लेज ब्लु भेरियन्टले स्कुटरको स्पोर्टी तथा युवा–लक्षित पहिचानलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ । आकर्षक ब्लेज ब्लु रङ, रेसिङ प्रेरित ग्राफिक्स, शार्प डिजाइन तथा दमदार रोड प्रेजेन्सका कारण यो स्कुटर युवा राइडरहरूका लागि थप आकर्षक बनेको कम्पनीको दाबी छ ।
१२५ सीसी सेग्मेन्टमा उपलब्ध यो स्कुटर विशेषगरी स्टाइल, पर्फर्मेन्स र दैनिक प्रयोगको सहजतालाई एउटै प्याकेजमा खोज्ने ग्राहकलाई लक्षित गरी ल्याइएको हो । टिभिएस रेसिङको पर्फर्मेन्स डीएनएमा आधारित एनटर्क १२५ रेस एक्सपीले लामो समयदेखि आफ्नो बोल्ड डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिका कारण युवा राइडरबीच छुट्टै पहिचान बनाउँदै आएको छ ।
अनुसार स्कुटरले परीक्षणअनुसार प्रतिलिटर ५० किलोमिटरसम्म माइलेज प्रदान गर्छ । साथै, यसमा लाइफटाइम वारेन्टी एस्योरेन्सको सुविधा पनि उपलब्ध छ, जसले ग्राहकलाई दीर्घकालीन स्वामित्वमा थप विश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष रौनियारले टीभीएस एनटर्कले सुरुदेखि नै पर्फर्मेन्स, प्रविधि र बोल्ड डिजाइन रुचाउने युवा राइडरसँग बलियो सम्बन्ध बनाएको बताए । उनले नयाँ ब्लेज ब्लु भेरियन्टले एनटर्कको पहिचानलाई अझ आकर्षक र उत्साहजनक बनाउने तथा आफ्नो राइडमार्फत फरक पहिचान बनाउन चाहने ग्राहकलाई विशेष रूपमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
जगदम्बा मोटर्सले देशभर रहेका आफ्नो आधिकारिक टीभीएस शोरुममार्फत नयाँ ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु’ उपलब्ध गराउने जनाएको छ । ग्राहकहरूले नजिकको टीभीएस शोरुममा पुगेर स्कुटरका विशेषता, उपलब्धता तथा स्वामित्व लाभबारे थप जानकारी लिन सक्नेछन् ।

































