नेप्से परिसूचक ८ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आठ दशमलव ३० अङ्कले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अङ्कमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६५ अङ्कले ओरालो लागेर ४५९ दशमलव ८१ मा कायम भएको छ । कूल ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर रु चार अर्ब ४१ करोड १२ लाख ३४ हजार ५३७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा कृषि विकास बैंकको एग्रिकल्चर बण्ड, केबिएल डिवेञ्चर, एनआरएन इन्फास्ट्रक्चर, वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ ।

सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड, कालङ्गा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । अप्पर लोहोरे खोला हाइड्रोपावर, धौलागिरी लघुवित्त, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त र यनिभर्सल पावरका लगानीकर्ताले भने गुमाएका छन् ।