काठमाडौँ । फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आज बिहान भएको नकआउट चरणको खेलमा घानालाई १–० गोलले हराउँदै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
कोलम्बियाका लागि जोन आरियासले गोल गरेका थिए । उनले खेलको १४औँ मिनेटमा गरेको गोल नै कोलम्बियालाई अन्तिम १६ मा पु¥याउन निर्णाय कबनेको थियो ।
कोलम्बियाले अब अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।



































