काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ। फ्ल्यागशिप–स्तरको डिजाइन, शक्तिशाली ब्याट्री, उन्नत सेल्फी क्यामेरा, अल्ट्रा–फास्ट चार्जिङ, एमोलेड डिस्प्ले र प्रिमियम टिकाउपनासहित आएको यो स्मार्टफोनको आधिकारिक मूल्य रु. ५६ हजार ९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
प्रिमियम स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको ओप्पो ‘ए सिक्स एस प्रो’मा ५० मेगापिक्सेलको ०.६ एक्स, १०० डिग्री पीओभी अल्ट्रा–वाइड सेल्फी क्यामेरा जडान गरिएको छ।
कम्पनीका अनुसार यसले स्पष्ट, फराकिलो र प्राकृतिक रङसहितका सेल्फी तथा ग्रुप फोटो खिच्न सहयोग पुर्याउँछ। फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेल + २ मेगापिक्सेल रियर क्यामेरा प्रणाली पनि उपलब्ध छ, जसले दैनिक जीवनका महत्वपूर्ण क्षणलाई स्पष्टता र गहिराइका साथ कैद गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।
स्मार्टफोनमा ६.५७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ, जसमा १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ। यसले स्क्रोलिङ, गेमिङ तथा दैनिक प्रयोगमा सहज र स्मूथ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। साथै, १,४०० निट्ससम्मको ब्राइटनेस भएकाले कडा घाममा पनि डिस्प्ले स्पष्ट रूपमा हेर्न सकिने बताइएको छ।
ओप्पो ‘ए सिक्स एस प्रो’मा ७,००० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्ज प्रविधि समावेश गरिएको छ। कम्पनीका अनुसार फोनलाई करिब ६१ मिनेटमै शतप्रतिशत चार्ज गर्न सकिन्छ, जसले छोटो समयमा चार्ज गरी लामो समयसम्म निर्बाध रूपमा प्रयोग गर्न सकिने सुविधा दिन्छ।
प्रदर्शनका लागि फोनमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ। यसले मल्टिटास्किङ, गेमिङ तथा मनोरञ्जनका लागि छरितो र स्थिर प्रदर्शन दिने कम्पनीले जनाएको छ। दैनिक प्रयोगका चुनौतीलाई ध्यानमा राख्दै स्मार्टफोनमा आईपी६९के स्तरको पानी तथा धुलो प्रतिरोध क्षमता पनि दिइएको छ, जसले कठिन वातावरणमा समेत डिभाइसलाई सुरक्षित राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।
डिजाइनतर्फ, ओप्पो ‘ए सिक्स एस प्रो’मा थ्रीडी डायनामिक ग्लो डिजाइन प्रयोग गरिएको छ, जुन प्रकृतिबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। रेनो सिरिजबाट प्रेरित डिजाइन भाषासहित यो स्मार्टफोन लुमिना फरेस्ट र इक्लिप्स ब्लू गरी दुई आकर्षक रङमा उपलब्ध छ।
लन्च अफरअन्तर्गत ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट खरिद गर्ने ग्राहकलाई दुई महिनाको रिप्लेसमेन्ट पोलिसी उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो सुविधा जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म फोन खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ। योग्य ग्राहकले निर्धारित सर्तअनुसार सेप्टेम्बर २, २०२६ सम्म रिप्लेसमेन्ट सुविधा दाबी गर्न सक्नेछन्।
कम्पनीका अनुसार ओप्पो ‘ए सिक्स एस प्रो’ नेपालभरका आधिकारिक रिटेल स्टोरमार्फत उपलब्ध छ। ग्राहकले यसलाई ईएमआई सुविधा मार्फत पनि खरिद गर्न सक्नेछन्।
शक्तिशाली ब्याट्री, अल्ट्रा–फास्ट चार्जिङ, हाई–रेजोलुसन अल्ट्रा–वाइड सेल्फी क्यामेरा, स्मूथ एमोलेड डिस्प्ले, प्रिमियम डिजाइन, फ्ल्यागशिप–स्तरको टिकाउपन र भरपर्दो प्रदर्शनका साथ ओप्पो ’ए सिक्स एस प्रो’ले आफ्नो सेग्मेन्टमा प्रिमियम स्मार्टफोनका लागि नयाँ मापदण्ड स्थापित गरेको छ। साथै, यसले नेपाली उपभोक्तालाई नवीन प्रविधि र उत्कृष्ट मूल्य प्रदान गर्ने ओप्पोको निरन्तर प्रतिबद्धतालाई थप बलियो बनाएको छ।



































