मनसुनलाई लक्षित गर्दै एलजीको एआई डीडी वासर एन्ड ड्रायर नेपाली बजारमा

काठमाडौं । मनसुनमा लामो समयसम्म वर्षा हुने र हावामा आर्द्रता बढ्दा कपडा धुने तथा सुकाउने समस्या हुने अवस्थालाई ध्यानमा राख्दै एलजीले एआई डीडी २.० वासर एन्ड ड्रायर नेपाली बजारमा ल्याएको छ ।

एकै मेसिनबाट कपडा धुने र सुकाउने सुविधा रहेको यो उपकरणले घाम नलाग्दा कपडा सुकाउन हुने ढिलाइ, ओसिलोपन र गन्धको समस्या कम गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । विशेषगरी मनसुनमा बाहिर कपडा सुकाउन कठिन हुने अवस्थालाई लक्षित गर्दै वासर एन्ड ड्रायर ल्याइएको हो ।

एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर २०/१० किलो, १५/८ किलो, ११/७ किलो र ८/६ किलो क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विभिन्न परिवारको आवश्यकता र कपडाको परिमाणअनुसार क्षमता छनोट गर्न सकिने जनाइएको छ ।

उपकरणमा कपडाको तौल र कपडाको प्रकार पहिचान गरी उपयुक्त धुने प्रक्रिया छनोट गर्न सहयोग गर्ने एआई डीडी २.० प्रविधि समावेश गरिएको छ । यसले कपडाको प्रकृतिअनुसार धुलाई प्रक्रिया मिलाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै, स्टिम एलर्जी केयर तथा स्टिम रिफ्रेस सुविधाले परीक्षण गरिएको अवस्थामा ९९.९ प्रतिशतसम्मका केही सामान्य एलर्जीकारक कम गर्न, गन्ध घटाउन तथा कपडालाई ताजा बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

वासरलाई स्मार्टफोनबाट निगरानी तथा नियन्त्रण गर्न सकिने एलजी थिनक्यू सुविधा पनि यसमा रहेको छ । त्यस्तै, इजडिस्पेन्स प्रविधिले लुगा तथा लोडको मात्रा अनुसार आवश्यक डिटर्जेन्ट र सफ्टनरको मात्रा स्वतः प्रयोग गर्न सहयोग गर्छ ।

६ मोसन डाइरेक्ट ड्राइभ र एआई वास प्रविधिले कपडाको तौल तथा फेब्रिकको विशेषता पहिचान गरी धुने चक्रलाई अनुकूल बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ । हातले कपडा धुँदा गरिने विभिन्न चालबाट प्रेरित ड्रम मुभमेन्टमार्फत प्रभावकारी सफाइ र फेब्रिक केयरमा सहयोग पुग्ने जनाइएको छ ।

यसमा रहेको टर्बोवास ३६० सुविधाले ३९ मिनेटमै प्रभावकारी धुलाई गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । परीक्षणअनुसार यसले तुलनात्मक रूपमा कम पानी तथा ऊर्जामा धुलाई गर्न सहयोग गर्ने दाबी गरिएको छ ।

कम्पनीका अनुसार मनसुनमा कपडा सुकाउन पर्याप्त घाम वा ठाउँ नपाइने समस्या हुने भएकाले एउटै उपकरणबाट ‘वास एन्ड ड्राइ’ सुविधा लिन सकिन्छ । यसले मौसमअनुसार कपडा सुकाउने समय र स्थानको चिन्ता कम गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर नेपालभर एलजीको अधिकृत बिक्री सञ्जालमार्फत उपलब्ध हुने जनाइएको छ । सीजी डिजिटल, एलजी ब्रान्ड सप तथा अधिकृत एलजी डिलरहरूबाट उपकरण खरिद गर्न सकिनेछ । ग्राहकका लागि शून्य प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलअन्तर्गतको डिभिजन तथा नेपालमा एलजी उत्पादनको अधिकृत वितरक हो । कम्पनीले एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा विभिन्न उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण उपलब्ध गराउँदै आएको छ ।

एलजीले बदलिँदो मौसम र दैनिक जीवनशैलीअनुसार घरायसी कामलाई सहज बनाउने उद्देश्यले स्मार्ट प्रविधियुक्त उत्पादनमा जोड दिँदै आएको जनाएको छ । एलजी एआई डीडी २.० वासर एन्ड ड्रायरले विशेषगरी मनसुनमा धुने र सुकाउने दुवै काम एउटै उपकरणबाट गर्न सकिने सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ ।