संयुक्त राज्य अमेरिका । अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।
विमान आलस्का राज्यको दक्षिणपश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमान्डले विज्ञप्तिमार्फत जनाएको छ । दुर्घटनास्थल नजिकै अवतरण गर्ने उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा सवार यात्रु कोहि जीवित नरहेको पुष्टि गरेकोसमेत आलास्का कमान्डले जनाएको छ । अलास्काको हवाई क्षेत्रमा सञ्चालित विमानलाई निर्देशन गर्ने राडार क्षेत्रमा जहाजमा रहेका मानिसले के गरिरहेका थिए भन्नेबारे भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
अलास्कन कमान्डका प्रवक्ताले दुर्घटनाको अनुसन्धान गरिरहेको र मृतकको नाम उनीहरूको परिवारलाई सूचित गरिसकेपछि घटनाको थप विवरण उल्लेख गरिने बताएका छन् । यस्ता घटना सैन्य परिवार र सन्य सेवा गर्ने समुदायका लागि विनाशकारी क्षति भएको अलास्कन कमान्ड प्रमुख रोबर्ट डेभिसले बताएका छन् । सन्य लेफ्टिनेन्ट जनरल डेभिसले ती व्यक्ति महत्त्वपूर्ण मिसन पूरा गर्न समर्पित पेशेवर भएको उनीहरुले जनाएका छन्



































